भालुको पित्तसहित चार जना पक्राउ

नेपाल भ्यूज

भालुको पित्तसहित चार जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने ६० ग्राम तौल भएको १ थान वस्तुसहित ४ जनालाई काठमाडौं महानगरपालिका-१५ चमतीबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाल्पा माथागढी गाउँपालिका-५ सत्यवती बस्ने २० वर्षीय विशाल सुनारी, रुकुम पश्चिम मुसिकोट नगरपालिका-१० खड्काटोल बस्ने ४६ वर्षीय हरि बहादुर खड्का, पाल्पा तानसेन नगरपालिका-१० गाबुडाँडा बस्ने ३२ वर्षीय टोप बहादुर राना र रौतहट चन्द्र निगाहापुर नगरपालिका-५ मंगलपुर दोभानटोल बस्ने २९ वर्षीय धन बहादुर विश्वकर्मा छन्।

चमती क्षेत्रमा वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त वस्तु अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरूलाई बरामद वस्तुसहित आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved