नेता आउँदा चोर आयो भन्छन्: राजेन्द्र लिङ्देन

“अदालत, अदालतजस्तो छैन । सरकार, सरकार जस्तो छैन। यसलाई राजनीतिले ठीक लगाउने हो । तर, राजनीति राजनीति जस्तो छैन। नेताहरुप्रति जनताको विश्वास छैन”, लिङ्देनले भने।

नेपालभ्युज

नेता आउँदा चोर आयो भन्छन्: राजेन्द्र लिङ्देन

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेताप्रति मानिसहरुको विश्वास घटेको बताएका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले देशमा सबै कुरा अस्तव्यस्त रहेकाे बताए।

“अदालत, अदालतजस्तो छैन । सरकार, सरकार जस्तो छैन। यसलाई राजनीतिले ठीक लगाउने हो । तर, राजनीति राजनीति जस्तो छैन। नेताहरुप्रति जनताको विश्वास छैन”, उनले भने, “आजकल कुनै कार्यक्रममा कुनै नेता आउँदै हुनुहुन्छ भन्यो भने जवाफमा जनताले कुन चोर आएछ भन्छन् । नेता आएछ भन्दैनन् । त्यसकारण पनि बिग्रिएको छवि सुधार्नुपर्ने चुनौती हामीसामु छ।”

उनले ०४६ सालपछि सबै पार्टीमा टुटफुट देखिएको बताए ।

“०४६ सालपछि नफुटेको पार्टी छैन। हुँदा–हुँदा सबैभन्दा कान्छो विवेकशील साझा पार्टी समेत फुट्यो । हामी कहाँ चुक्यौं । यसतर्फ सबैको ध्यान जानुपर्छ”, लिङ्देनले भने, “संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसद्ले मन्त्री बनाउन नपाउनेगरी पूर्व समानुपातिक संसदीय व्यवस्था ल्याउनुपर्ने आवश्यकता छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved