देउवाले सर्वसम्मत प्रस्ताव गरे पौडेललाई स्वीकार्छु : निधि

नेपालभ्युज

देउवाले सर्वसम्मत प्रस्ताव गरे पौडेललाई स्वीकार्छु : निधि

काठमाडौं। आफ्नो समूहका सभापतिका आकांक्षी नेतासँग चित्त दुखाएका रामचन्द्र पौडेललाई अर्का आकांक्षी विमलेन्ध्र निधिले मनाउने प्रयास गरेका छन् । बिहीबार केन्द्रीय समितिको बैठकमा नआएका पौडेल महाधिवशेन उद्घाटनमा पनि नआउने जानकारी पाएपछि निधिले टेलिफोन गरेर मनाएका हुन् ।

‘निधिसँगको कुराकानीमा पौडलले आउने बताउनुभएको छ’, निधिका प्रेस सल्लाहकार रामजी दाहाले भने।  शेरबहादुर देउवा क्याम्प छोडेर सभापतिका आकांक्षी बनेका निधिले सर्वसम्मत नेतृत्व चयनको कुरा उठाएका हुन्।

शुक्रबार बिहान चितवन काठमाडौं सम्पर्क संगमको कार्यक्रममा उनले पौडेललाई सर्वसम्मत सभापतिका रुपमा अघि बढाए आफूलाई मान्य हुने बताएका थिए।  तर, प्रेस सल्लाहकार दाहाल निधिको भनाईलाई सञ्चारमाध्यमले आफ्नो ढंगले व्याख्या गरेर लेखेको बताउँछन् । ‘देउवाले पौडेलाई सर्वसम्मत सभापतिका रुपमा अघि सारे आफूलाई मान्य हुने उहाँले बताउनु भएको हो’, दाहालले भने, ‘सबैले मानेको अवस्थामा मात्रै त्यसो भनेको हो । पौडेल उद्घाटनमै नआउने सूचना पाएपछि टेलिफोनबाट आउन आग्रह गर्नुभएको मात्रै हो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved