विवाह पञ्चमीमा जगदम्बा सुपर शाइनको शिविर

नेपालभ्युज

विवाह पञ्चमीमा जगदम्बा सुपर शाइनको शिविर

काठमाडौं। सांस्कृतिक नगरी जनकपुर धाममा आयोजित विवाह पञ्चमी महोत्सवमा जगदम्बा स्टिल अन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले निःशुल्क शिविरको आयोजना गरेको छ।

विवाह पञ्चमीमा पाल्नुहुने समस्त श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ शिविरको आयोजना गरिएको हो।

जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसद्वारा संयुक्तरुपमा आयोजित उक्त शिविरमार्फत श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुका लागि निःशुल्क जलपानको व्यवस्था गरिएको थियो। सांस्कृतिक प्रवर्द्धन तथा सामाजिक सेवाका उद्देश्यका साथ आयोजित उक्त शिविर मार्फत हजारौँ श्रद्धालु भक्तजन, दर्शनार्थी, आगन्तुक लगायतले सेवा प्राप्त गरेका थिए।

‘‘धार्मिक तथा सांस्कृतिकरुपमा विशेष महत्त्व बोकेको यस पर्वमा पाल्नु हुने समस्त भक्तजनहरूको सेवाका साथै सांस्कृतिक प्रवद्बनमा समेत टेवा पुर्‍याउने उद्देश्यका साथ हामी महोत्सवमा सहभागी भएका हौँ। यसरी हजारौँ मानिसको सेवा गर्न पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ’’, कम्पनीले भनेको छ।

माता जानकी र भगवान् रामको स्वयंवर भएको खुसीयालीमा जनकपुर धाममा हरेक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ। नेपाललगायत भारतका विभिन्न स्थानबाट यसमा हजारौँ श्रद्धालु भक्तजनहरू सहभागी हुने गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved