ए डिभिजन लिग फुटबल

पुलिस र हिमालयन शेर्पा तथा जावलाखेल र मछिन्द्र भिड्दै

आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा भिड्दैछन्। दशरथ रंगशालामा दुई बीचको खेल दिउँसो १ बजे शुरु हुनेछ।

नेपालभ्युज

पुलिस र हिमालयन शेर्पा तथा जावलाखेल र मछिन्द्र भिड्दै

काठमाडौं। शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। तेस्रो चरण अन्तर्गत आज आज दुई खेल हुन लागेका हुन्।

आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा भिड्दैछन्। दशरथ रंगशालामा दुई बीचको खेल दिउँसो १ बजे शुरु हुनेछ।

दुई खेलबाट ४ अंक जोडेको पुलिस आज दोस्रो जितको खोजीमा रहँदा हिमालयन शेर्पा भने पहिलो जितको खोजीमा हुनेछ। उसले दुई खेलबाट एक अंक मात्रै जोडेको छ।

आजै दोस्रो खेलमा साविक विजेता मछिन्द्रले जावलाखेल युथको सामना गर्नेछ। दिउँसो पौने पाँच बजे यी हुई बीचको खेल शुरु हुनेछ।

शुरुवाती दुई खेलमा अंकविहीन रहेको जावलाखेल पहिलो अंकको खोजीमा रहँदा मछिन्द्र दोस्रो जितको खोजीमा रहनेछ। मछिन्द्रले २ खेलमा ४ अंक जोडिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved