प्रधानन्यायाधीशको महाभियोग माग्दै बालकोट पुगेको बारको टोलीलाई ओलीले भने ‘दर्तै हुँदैन’

नेपालभ्युज

प्रधानन्यायाधीशको महाभियोग माग्दै बालकोट पुगेको बारको टोलीलाई ओलीले भने ‘दर्तै हुँदैन’

काठमाडौं। प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशन र वकीलहरू नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग माग्दै बालकोट पुगेका छन्।

बालकोट जानेहरूमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, रमण श्रेष्ठलगायत छन्। उनीहरू केपी ओलीका आलोचक भनेर चिनिन्छन्। बालकोटमा एमालेका उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल पनि सहभागी छन्।

४५ दिनभन्दा बढीदेखि आन्दोलन गरिरहेका बारका पदाधिकारी तथा वकीलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन माग गरिरहेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने विषयमा उनीहरूले एमालेको साथ खोजेका हुन्।

अध्यक्ष ओलीले भने बारका पदाधिकारीसँग प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग नै दर्ता हुन नसक्ने बताएका छन्।

“चोलेन्द्रको राजीनामाले मात्र न्यायालयको समस्यामा समाधान हुँदैन। त्यो चोलेन्द्रबाट शुरु भएर चोलेन्द्रमै टुंगिन्छ। तपाईंहरूले अहिले आंशिक विषय उठाइरहनुभएको छ। न्यायालयको पूर्ण सुधारका लागि हाम्रो समर्थन रहनेछ,” अध्यक्ष ओलीले बारका पदाधिकारीहरूसँग भने, “प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको सुन्नुभएन ? गजेन्द्र हमाल कांग्रेसको कोटाबाट मन्त्री भएका हुन्। प्रचण्डले त उहाँ कांग्रेसको कोटाबाट हो चोलेन्द्रको कोटा होइन भन्नुभयो।”

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका गजेन्द्र हमालको मन्त्री पद लेनदेनमा नभएको भन्दै उनले चोलेन्द्रविरद्ध कसरी महाअभियोग कसरी दर्ता हुन्छ ? भन्दै उल्टै बारका पदाधिकारीलाई प्रश्न गरे।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा देखिएको बेथितिबारे अध्यक्ष ओलीलाई अवगत गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved