स्थानीय तहका १६१३ कर्मचारीको सरुवा, ५७ जनाको निवेदन रद्द

नेपालभ्युज

स्थानीय तहका १६१३ कर्मचारीको सरुवा, ५७ जनाको निवेदन रद्द

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा स्थानीय तहका कर्मचारीको सरुवा गरेको छ। लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरिएको हो।

मन्त्रालयको सोमबारको निर्णयअनुसार कर्मचारीहरूलाई अन्तर स्थानीय तहमा सरुवा गराइएको हो। मन्त्रालयका अनुसार अन्तरस्थानीय तहमा कामकाजका लागि खटाउन निवेदन पेस गर्ने ५७ जना कर्मचारीको भने निवेदन रद्द गरिएको छ। मन्त्रालयले यसबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो।

मन्त्रालयका अनुसार लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको हो।

मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्डअनुसार अन्तरस्थानीय तहमा कामकाजका लागि खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर चाहिन्छ। जसका कारण दोहोरो सहमति पेस गर्नुपर्ने हुन्छ।

मन्त्रालयको आज प्रकाशित सूचनामा लेखिएको छ-

हाल कार्यरत स्थानीय तह र कामकाजमा खटाइएको स्थानीय तह दुवैतिरको इमेलमा ७ (सात) दिन भित्रै पठाइसकिने हुँदा सोही माध्यमबाट आफ्नो पत्र लिनु हुन सबैमा अनुरोध छ। कोभिड-१९ को महामारीलाइ समेत मध्यनजर गरी अनावश्यक भीडभाडलाई कम गर्न यस मन्त्रालयबाट कामकाजमा खटाइएको पत्र उपलब्ध नगराइने भएकाले पत्रका लागि मन्त्रालयमा उपस्थित भई अनावश्यक भीडभाड नगरिदिनु हुन अनुरोध छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved