कांग्रेसको बागमती उपसभापतिमा बस्नेत र महर्जन विजयी

नेपालभ्युज

कांग्रेसको बागमती उपसभापतिमा बस्नेत र महर्जन विजयी

काठमाडौं। नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत गत शनिबार सम्पन्न बाग्मती प्रदेशको निर्वाचमा उपसभापतिद्वयमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन्। बस्नेत र महर्जनले क्रमशः एक हजार ५९ र एक हजार ३७ मत ल्याए। उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतमले १००४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ८३९ मत पाए।

महामन्त्रीमा कञ्चनचन्द्र बादेले ९९५ र राजु श्रेष्ठले ९१० मत ल्याएर विजयी भए। सो पदका लागि छ जनाको उम्मेदवारी परेकामा माइकल रामचन्द्र अर्यालले ८९९, तिलकप्रसाद रुवारीले ७६०, गौरीप्रसाद दवाडीले १८८ र सुरेश श्रेष्ठले १६३ मत पाए।

महिलातर्फको सहमहामन्त्रीमा जीवन डंगोल ९४९ मत ल्याएर विजयी भइन्। सो पदका लागि निर्मला बस्ताकोटी, निरु खड्का, मोतिमाया तामाङ प्रतिस्पर्धी थिए। खुलातर्फ सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए। सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी भएका थिए।


Comment

One thought on “कांग्रेसको बागमती उपसभापतिमा बस्नेत र महर्जन विजयी

Leave a Reply to Sharada Pandey Siwakoti Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved