कृषि विश्वविद्यालयको उपकुलपतिमा महतो नियुक्त

नेपालभ्युज

कृषि विश्वविद्यालयको उपकुलपतिमा महतो नियुक्त

जनकपुरधाम। प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा‍.वैधनाथ महतोलाई नियुक्त गरेको छ।

प्रदेशको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको शुरुआतको सिलसिलामा मंगलबार उपकुलपतिको नियुक्ति गरिएको मुख्यमन्त्री लालबाबु राउतको सञ्चार सचिवालयले जनाएको छ ।

प्रदेश २ का नीति तथा योजना आयोगका पुर्व सदस्य समेत रहेका मिर्चैया नगरपालिका वडा नं.२ का डा. वैधनाथ महतोलाई सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले नियुक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved