गाडीको ठक्करबाट घटनास्थलमै पैदलयात्रीको मृत्यु, ठक्कर दिने गाडी फरार

नेपालभ्युज

गाडीको ठक्करबाट घटनास्थलमै पैदलयात्रीको मृत्यु, ठक्कर दिने गाडी फरार

सर्लाही । हरिवन नगरपालिकामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सोमबार साँझ करिब ६ बजे सुखेपोखरी पुल नजिकै उक्त दुर्घटना भएको हो। मृतक बागमती नगरपालिका वडा नम्बर १ डुमाजोरका अन्दाजी ५७ वर्षीय ज्यामन वाइबा रहेका छन्।

गाडीको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको स्थानीयले बताएका छन्। यद्यपि प्रहरीले ठक्कर दिने गाडीको बारेमा पत्ता लगाउन भने सकेको छैन। स्थानीय तथा मृतकका आफन्त राजु लोका अनुसार घटनाको अवस्था र शव भेटिएको स्थान हेर्दा पश्चिमबाट पूर्वतर्फ गइरहेको गाडीको ठक्करबाट वाइबाको निधन भएको देखिएको छ।

शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवा लगिएको छ। लोका अनुसार प्रहरी, स्थानीय तथा मृतकका आफन्त बसेर सहमति गरेपछि शव बुझेका थिए। इलाका प्रहरी कार्यालय हरिवनले पनि वाइबालाई ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य भइरहेको बताएको छ। स्थानीयलाई उद्धृत गर्दै ठक्कर दिने गाडी पूर्वतर्फ गइरहेको प्रहरीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved