भारतमा ओमिक्रोन संक्रमितको संख्या २४ पुग्यो

नेपालभ्युज

भारतमा ओमिक्रोन संक्रमितको संख्या २४ पुग्यो

काठमाडौं । सोमबार महाराष्ट्रमा कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनका थप दुई जनामा ​​संक्रमण पुष्टि भएका छन्। राज्यमा यो संक्रमणका कुल संक्रमितहरूको संख्या अब १० पुगेको छ।

योसँगै देशभरि ओमिक्रोन संक्रमितको संख्या २४ पुगेको छ। महाराष्ट्र सरकारले राज्यका ३७ वर्षीय पुरुषमा यो भेरिएन्ट पुष्टि भएको जनाएको छ। ती व्यक्ति नोभेम्बर २५ मा दक्षिण अफ्रिकाबाट फर्किएका थिए।

दोस्रो भेरिएन्ट अमेरिकाबाट फर्किएकी ३६ वर्षीया महिलामा पुष्टि भएको छ। तर, दुवैमा कुनै किसिमको लक्षण भने नेखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोनाविरुद्ध फाइजर कम्पनीको भ्याक्सिन लगाएपछि पनि दुवैमा संक्रमण भेटिएको जनाइएको छ। दुवैको मुम्बईको सेभेन हिल्स अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान भइसकेको भारतीय मिडियाले खबर लेखेका छन्।

ओमिक्रोन आइतबार पुणे राज्यका एक व्यक्तिमा पुष्टि भएको थियो, तर उनको नमूना पुनः जिनोम सिक्वेन्सिङका लागि पठाइएको थियो। उनको रिपोर्ट अझै नआइसकेको जनाइको छ। भारतको केन्द्रीय सरकारले भने अहिलेसम्म २३ जनामा यो संक्रमण देखिएको जनाएको छ।

नेपालमा पनि यो भेरिएन्टका संक्रमित भेटिइसकेका छन्। दुई जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved