कांग्रेस १४ औँ महाधिवेशन

क्षेत्रीय अधिवेशन र विवाहपञ्चमीका कारण रोकियो प्रदेश २ अधिवेशन

प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको एक एक क्षेत्रको अधिवेशन हुन सकेको छैन।

नेपालभ्युज

क्षेत्रीय अधिवेशन र विवाहपञ्चमीका कारण रोकियो प्रदेश २ अधिवेशन

काठमाडौं। नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले आज जनकपुरमा पत्रकार सम्मेलन गर्दै प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए।

रिजालले प्रदेशको आठवटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउन सक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पारे।

“प्रदेशको आठवटा क्षेत्रको अधिवेशन भएको छैन, विवाहपञ्चमी महोत्सव पनि चलिरहेको छ”, संयोजक रिजालले भने, “यस्तो अवस्थामा निर्वाचन गराउनु काबु बाहिरको कुरा हो।”

प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको एक एक क्षेत्रको अधिवेशन हुन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved