कांग्रेस सुदूरपश्चिममा ५० जना सदस्य चयन (नामावलीसहित)

पदाधिकारीद्वारा पदभार ग्रहण

नेपालभ्युज

कांग्रेस सुदूरपश्चिममा ५० जना सदस्य चयन (नामावलीसहित)

धनगढी। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिमा ५० जना सदस्य चयन भएका छन्। ४५ जना प्रदेश सदस्य निर्वाचन प्रक्रियाबाट र पाँच जना सदस्य सर्वसम्मतले चयन गरिएको हो।

निर्वाचित हुनेमा सदस्यमा भूगोल जिल्ला महिलातर्फबाट विजयी हुनेमा अनुराधाकुमारी स्वाँर (अछाम) कलावतीदेवी बोहरा (कञ्चनपुर), प्रेमा श्रेष्ठ (डोटी), कमला धामी सामन्त (दार्चुला), सुनिता थापा (बझाङ), राधिकादेवी सिंह (बाजुरा), र कमला चन्द (बैतडी) रहेका छन्।

यसैगरी, भूगोल जिल्ला (खुला) तर्फ तुलाराम साउँद (अछाम), गौरीसिंह बोहरा (कञ्चनपुर), नवराज पाण्डेय (कैलाली), तेजबहादुर लुहार (डोटी), राजेन्द्रसिंह विष्ट (दार्चुला ), राजेन्द्रबहादुर खड्का (बझाङ), धनराज पण्डित (बाजरा) र तेजबहादुर चन्द (बैतडी) रहेका छन्।

प्रदेश निर्वाचन क्षेत्र खुलातर्फबाट उत्तमबहादुर कठायत, टेकराज जोशी, गणेश विष्ट, पुष्करबहादुर सिंह, ज्ञानेन्द्रबहादुर सिंह, पदमबहादुर शाही, धनबहादुर शाही (धीरेन्द्र) र टेकराज जोशी प्रदेश सदस्यमा विजयी भएका छन्।

खसआर्य खुलातर्फबाट सुरत रावत (डोटेली कान्छा), रामबहादुर देउवा, काशीराम देवकोटा, भक्तबहादुर ठकुल्ला, कृष्णप्रसाद पाठक, करवीर कार्की प्रदेश सचा सदस्यमा विजयी भएका छन्।

आदिवासी जनजातितर्फबाट दाउद तामाङ, अल्पसङ्ख्यक वा अपाङ्तातर्फबाट उपेन्द्रबहादुर खडायत निर्वाचित भएका छन्। खसआर्य महिलातर्फ कान्ता चन्द शाही, दीपादेवी ऐर, केशरी विष्ट, सम्झना खत्री, नीलम लेखक जोशी र टीकेश्वरी हमाल विष्ट प्रदेश सदस्यमा निर्वाचित भएका छन्। यस्तै, मधेशीतर्फबाट वेदप्रसाद चौधरी, दलित खुलातर्फबाट चन्द्र टमटा, राजेशकुमार टमटा, दलित महिलातर्फ रूपा आउजी प्रदेश सदस्यमा विजयी भएका छन्।

यसैगरी, थारू खुलातर्फ झेली राना थारू, राजसमझ चौधरी, थारू महिलातर्फ भुलिया राना, मुस्लिमतर्फ डा. मेराज आलम अन्सारी प्रदेश सदस्यमा विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ।

धनगढीमा सम्पन्न पार्टीको अधिवेशनले पाँच जनालाई प्रदेश सदस्यमा निर्विरोध चयन गरेको छ। निर्विरोध चयन हुनेमा भूगोल जिल्लातर्फ खुलाबाट डडेल्धुराका तिलकराज जोशी, भूगोल जिल्ला महिलातर्फ डडेल्धुराका निर्मला बोगटी विष्ट, कैलालीका पुष्पा भट्ट रहेका छन्।

यसैगरी, प्रदेश निर्वाचन क्षेत्रतर्फबाट चमेली तामाङ र लक्ष्मी भण्डारी निर्विरोध चयन भएका छन्। ५८ सदस्यीय नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिमा आठ जना पदाधिकार छन्।

कांग्रेसको प्रदेश सभापतिमा वीरबहादुर बलायरसहित उनको पूरै टिम विजयी भएको थियो। उपसभापतिमा जनकराज चौधरी, लोकराज अवस्थी, महामन्त्रीमा नरनरायाण शाह ‘मनु’ र मेघराज खड्का विजयी भए।

यसैगरी, सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट, महिलातर्फको सहमहामन्त्रीमा अम्बिकाकुमारी चलाउने विजयी भएका थिए।

यस्तै प्रदेश कार्य समितिका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। प्रदेश सभापति बलायरसहित पदाधिकारी तथा सदस्यहरूले सोमबार बिहान पदभार ग्रहण गरेका हुन्।

कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई प्रमाणपत्र भने केन्द्रीय निर्वाचत समितिले दिने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved