त्रिभुवन विमानस्थल हुँदै आएका थिए ओमिक्रोन संक्रमित

३ मंसीरमा त्रिभुवन विमानस्थल हुँदै आएका ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो।

नेपालभ्युज

त्रिभुवन विमानस्थल हुँदै आएका थिए ओमिक्रोन संक्रमित

काठमाडौं। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएका दुईजनामध्ये एक त्रिभुवन विमानस्थल हुँदै नेपाल आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ मंसीरमा त्रिभुवन विमानस्थल हुँदै आएका ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समीरकुमार अधिकारीका अनुसार ती दुवै विदेशी नागरिक हुन्।

दुवै डोज खोप लगाएका ती व्यक्तिको पिसिरआर रिपोर्ट पनि नेगेटिभ थियो।

कोरोनाको लक्षण देखिएपछि उनी आफैँले ७ मंसीरमा पीसीआर परीक्षण गराएका थिए। त्यतिबेला उनीसँग नजिकको सम्पर्कमा रहेका ७१ वर्षे नेपालीको पनि पिसिआर परीक्षण गरिएको थियो। दुवैमा कोभिड संक्रमण भएको पुष्टि भएको थियो।

”कोभिड-१९ परीक्षणमा पोजिटिभ आएकाहरूको ‘एस-जीन’ परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीति अनुरूप परीक्षण गर्दा दुवै जनाको नमुनामा ‘एस-जीन’ फेला परेको थिएन। ‘एस-जीन’ फेला नपरेका उक्त दुवै नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा १९ मंसीरको राती ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको छ”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अहिले यी दुवै संक्रमित नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा बसेको मन्त्रालयले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको र अहिले कुनै लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी उनीहरूसँग सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको पनि मन्त्रालयले जनाएको छ।

ओमिक्रोनको संक्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्डहरूको पालना गर्न पनि सरकारले आह्वान गरेको छ।  मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्‍ने  र खोपको प्रयोग महत्त्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता सरकारले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved