कांग्रेस बागमती प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

नेपालभ्युज

कांग्रेस बागमती प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

हेटौँडा। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्। दोस्रो चरणको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका बानियाँले संस्थापन रामचन्द्र पौडेल पक्षका जगदीश्वरनरसिँह केसीलाई पराजित गरे।

बानियाँले एक सय ५८ मत अन्तरले केसीलाई पराजित गरेका हुन्।

मकवानपुर सभापति तथा बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले १ हजार ८५ मत पाउँदा उनका प्रतिस्पर्धी तथा नुवाकोट जिल्लाका पूर्वसभापति केसीले ९ सय २७ मत पाएका थिए। बानियाँलाई संस्थापन देउवा पक्षले समर्थन गरेकोमा दुईपटक संविधानसभा सदस्य समेत भइसकेका पुराना नेता केसीलाई पौडेल, गगन थापा, सशांक कोइराला, प्रकाशमानसिँह लगायतका नेताको समर्थन थियो।

शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved