कमल थापा निकट पदाधिकारीहरू कार्यक्रम नसकिँदै बाहिरिए

नेपालभ्युज

कमल थापा निकट पदाधिकारीहरू कार्यक्रम नसकिँदै बाहिरिए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापा निकट पदाधिकारीहरू शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम नसकिँदै कार्यक्रम छोडेर हिँडेका छन्।

राप्रपाको नयाँ नेतृत्वमा निर्वाचित उपाध्यक्ष, महामन्त्रीलगायतका पदाधिकारीहरू अध्यक्ष राजेन्द्र लिङ्देनले भाषण गरिरहेका बेला कार्क्रमस्थलबाट बाहिरिएका हुन्।

राप्रपामा अध्यक्षका उम्मेदवार कमल थापाले हारे पनि पदाधिकारीमा उनी पक्षकै वर्चस्व छ। राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी भएका छन्। त्यसैगरी तीन महामन्त्रीमा दुई जना थापा पक्षका उम्मेदवार विजयी भएका छन्।

ती सबै पदाधिकारी कार्यक्रम स्थलबाटै बाहिरिए । तर अरू नेता र कार्यकर्ता भने हलमै बसे। शपथग्रहण कार्यक्रममा कमल थापा भने आएका थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved