यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीलाई

नेपालभ्युज

यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीलाई

काठमाडौं‌। सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले हराउँदै लुम्बिनी प्रदेशले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

किर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा टस जितेर फिल्डिङ रोजेको सुदुरपश्चिमविरुद्ध लुम्बिनीले २ सय १२ रन बनाएको थियो।
लुम्बिनीका कप्तान देव खनालले ५ चौका र ४ छक्कासहित ९५ बलमा ७० रन बनाए।

त्यस्तै, विशाल विक्रम केसीले ५१ र दुर्गेश गुप्ताले ३२ रन बनाए। २ सय २३ रनको चुनौती पछ्याएको सुदुरपश्चिम २८ ओभर २ बलमै ९९ रनमा अलआउट भयो। सुदुरपश्चिमका कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्।

कप्तान कर्ण बोहरा २१ र लोकेश बाम २५ रनमै आउट भए। लुम्बिनीका अजय चौहानले २० रन खर्चेर ५ विकेट लिए भने अलराउन्डर दुर्गेश गुप्ताले १९ रन खर्चिएर ३ विकेट लिए।

चौहान खेलको म्यान अफ दि म्याच घोषित भए। त्यसैगरी, लुम्बिनीकै मोहम्मद हुसैन प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चयन भए। उनले प्रतियोगिता अवधिभर कुल २१ विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved