हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद

हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद
सांकेतिक तस्वीर

दाङ। तुलसीपुर उपमहानगरपालिका–१२ उरहरिका रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरीसहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ।

जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसँगै सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो। विसं २०७६ असार २८ गते उरहरीमा खुकुरी प्रहार गरी वलीको हत्या गरेको उनीहरुमाथि अभियोग लागेको थियो। सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ।

विक्कीले यसअघि २०६९ मंसीर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीलाई गोली हानी हत्या गरेका थिए। त्यतिबेला उनको उमेर १५ वर्षमात्रै भएकाले चौधरीलाई अदालतले सुधारगृह पठाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved