जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउँछौँ : पर्यटनमन्त्री आले

नेपालभ्युज

जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउँछौँ : पर्यटनमन्त्री आले

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव २०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा मन्त्री आलेले सभ्यताको हिसावले मिथिला सभ्यता धेरै धनी रहेको र पुरानो जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले आफ्नो मन्त्रालयबाट हुनसक्ने सबै किसिमको सहयोग जानकी मन्दिरका निम्ति उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए। मन्त्री आलेले मुलुकको सवै धर्म संस्कृतिको संरक्षण र रक्षा गर्न सरकार गम्भीर रहेको बताए।

कार्यक्रममा कार्यक्रममा मिथिलाञ्चलको संस्कृति र संस्कारलाई बचाई राख्ने संस्कृतिविद् तथा उक्त क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई स्रष्टा सम्मानसमेत गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved