राप्रपा महाधिवेशन – १५ सय मत खस्यो, सकिन राति १० बज्ने

नयाँ नेतृत्व चयनका लागि निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि शुरु भएको मतदान अझै जारी छ।

नेपालभ्युज

राप्रपा महाधिवेशन – १५ सय मत खस्यो, सकिन राति १० बज्ने

काठमाडौँ। काठमाडौँमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा १५ सय मत खसेको छ। नयाँ नेतृत्व चयनका लागि निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि शुरु भएको मतदान अझै जारी छ। राप्रपाको महाधिवेशन उद्घाटन बिहीबार भएको थियो।

मतदान सकिन कम्तीमा पनि राति १० बज्ने छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौँमा भेला भएका छन्। महाधिवेशनमा प्रदेश १ बाट दुई सय ५६ जना, प्रदेश २ बाट एक सय ७० जना, बागमती प्रदेशबाट दुई सय ४५ जना, गण्डकी प्रदेशबाट दुई सय ५० जना, लुम्बिनी प्रदेशबाट पाँच सय जना, कर्णाली प्रदेशबाट एक सय ९७ जना र सुदूरपश्चिम प्रदेशबाट एक सय ७५ जना प्रतिनिधि सहभागी छन्। कुल १७९३ जना प्रतिनिधि रहेका छन्। निर्वाचनमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

निर्वाचन अधिकृतअनुसार अहिले एक सय ८६ मेसिन बुथबाट एकै पटक ८६ जनाले एकै पटक मतदान गरिरहेका छन्। एक जनालाई मतदान गर्न १५ मिनेटभन्दा बढीमा लागिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved