सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ
फाइल तस्वीर

तनहुँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन्।

तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले वर्षौंदेखि अव्यवस्थित बसोबासका रूपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीयवासीको वेवास्ताका कारण दुलेगौंडा हर्कपुर मोटरमार्गमा ढिलाइ भएकोमा आपत्ति जनाए।

वडाध्यक्ष रामकुमार श्रेष्ठले वडा कार्यालय भवन निर्माण भएपछि वडाबाट सहज र सरल रूपमा जनतालाई सेवा दिन सजिलो भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved