पुरानो भिडियो कोट्याउँदै कमल-रेखा दोहोरी

राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी भएपनि रेखाले गणतन्त्रको वकालत गरेको र उनलाई महामन्त्रीमा जिताउन नहुने आशय थापामा देखिन्छ । राप्रपाकै  नेताहरुले भने कुनै एक सन्दर्भको पुरानो भिडियोलाई थापाले चुनावी अस्त्रको रुपमा प्रयोग गरेको भन्दै आलोचना गरेका छन् ।  

नेपालभ्युज

पुरानो भिडियो कोट्याउँदै कमल-रेखा दोहोरी

काठमाडौं। खेलाडी हुन् कमल थापा, राप्रपा अध्यक्षका उम्मेदवार। अभिनेत्री हुन् रेखा थापा, कमलको विपक्षी प्यानलबाट राप्रपा महिला महामन्त्रीको उम्मेदवार।

खेल देखाइहाले कमलले रेखा थापाको पुरानो भिडिओ कोट्याएर। सामाजिक सञ्जालमा एक वर्ष पुरानो भिडियो क्लिप शेयर गर्दै लेखे- ‘हाहाहा ! नो कमेन्ट।’

यो भिडिओ क्लिप रेखा थापाले एपि वान टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘ग्ल्यामर गफ’ मा प्रस्तोता प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्ताको हो।

अन्तर्वार्तामा सुवेदीले सोध्छन् : राजतन्त्र कि गणतन्त्र ?

जवाफमा रेखाले भन्छिन् : गणतन्त्र।

सुवेदीले फेरि सोध्छन् : तपाई कुन पार्टीमा आबद्ध हुनुहुन्छ ? त्यसको उद्धेश्य के हो थाहा छ ?

रेखाले जवाफ दिन्छिन्  : थाहा छ । म आम जनताको भाषा बोलिरहेको छु। पार्टीको सिद्धान्त आफ्नो ठाउँमा छ। पार्टीकै सिद्धान्त कतिपय मानिसहरूलाई चित्त नबुझेको होला। त्यो पछि व्याख्या गरौंला।

सुवेदीले सोध्छन् : यही बोलेको आधारमा पार्टीले तपाईलाई कारबाही गर्यो‍‍ भने ?

रेखाको जवाफ छ : गर्दैन। म एज अ रेखा थापा बोलिरहेकी छु। पार्टीको नेतृका रुपमा तपाईले मलाई बोलाउनुभएको छैन नि । ग्ल्यामर गफमा रेखा थापा बोलिरहेको छु।

रेखाले अहिले राजेन्द्र लिङदेन प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी छिन्।

यसबारे नेपालभ्यूजले प्रश्न राखेपछि रेखाले आफ्नो प्रतिक्रिया दिएकी छिन् । ‘‘म कलाकारका रुपमा अन्तर्वातामा गएको थिएँ र त्यहाँ राखेको स्वतन्त्र विचारलाई अहिले फरक परिस्थितीमा दुरुपयोग गर्न खोजिएको छ,’’ उनले भनिन्।

महामन्त्रीकी उम्मेदवार रेखा थापाप्रति महाधिवेशन प्रतिनिधिको मतमा प्रभाव पर्न सकिने आकलन गरेर कमल थापाले सो पोस्ट गरेको अनुमान गर्न सकिन्छ। राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी भएपनि रेखाले गणतन्त्रको वकालत गरेको र उनलाई महामन्त्रीमा जिताउन नहुने आशय थापामा देखिन्छ । तर, कमल थापाको पोस्टमा भने उल्टै रेखाप्रतिको सद्भाव समेटिएको कमेन्ट आइरहेका छन्। उल्टै कमल थापाको विरुद्धमा नै कमेन्ट देखिन्छन्। राप्रपाकै  नेताहरुले भने कुनै एक सन्दर्भको पुरानो भिडियोलाई थापाले चुनावी अस्त्रको रुपमा प्रयोग गरेको भन्दै आलोचना गरेका छन् ।

कमल थापाले आफ्नो भिडियो क्लिप शेयर गरेपछि रेखा थापाले पनि यस्तै शैलीमा जवाफ फर्काएकी छिन्। ऋषि धमलासँग कमल थापाले दिएको एक अन्तरवार्ताको क्लिप शेयर गर्दै उनले पनि हाँसेको इमोजीसहित ‘नो कमेन्ट’ भनेकी छिन्। भिडियोमा कमल थापाले एमसीसी पारित गर्नुपर्ने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved