सोह्रखुट्टेमा ब्ल्याङ्केटको गोदाममा आगलागी

नेपालभ्युज

सोह्रखुट्टेमा ब्ल्याङ्केटको गोदाममा आगलागी

काठमाडौं। सोह्रखुट्टेको नयाँ बजारमा आगलागी भएको छ। शुक्रबार दिउँसो ब्ल्याङ्केटको गोदाममा आगो लागेको हो। आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।

बस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी भर्खरै आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले बताए । आगलागीको कारणसहित विस्तृत विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved