कक्षा १२ को नतिजा सार्वजनिक

गएको ३० भदौदेखि ८ असोजसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको थियो। परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए।

नेपालभ्युज

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो।

शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै नतिजा सार्वजनिक भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।

परीक्षामा सहभागी ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउने ७ हजार ६३ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ४८ हजार २३९ जनाले ए ग्रेड ल्याएका छन् ।

बोर्डका अनुसार २.८ देखि ३.२ जीपीए ल्याउने ७० हजार १ जना तथा २.४ देखि २.८ जीपीए ल्याउने ९९ हजार ५३७ जना रहेका छन् ।

यस्तै, ७५ हजार ८८ जना परीक्षार्थीले २.० देखि २.४ जीपीए ल्याएका छन् भने २४ हजार ५१५ जनाले १.६ देखि २.० जीपीए ल्याएका छन्। यता १.२ देखि १.६ जीपीए ल्याउने ३ हजार ८७५ जना हुँदा ०.८ देखि १.२ जीपीए ल्याउने २९६ जना रहेका छन्।

बाेर्डका अनुसार १० हजार ७३ जनाले ०.० देखि ०.८ जीपीए ल्याएका छन् ।

बाेर्डले यसपटक ग्रेड सुधारका लागि २८ हजार ४६६ जना परीक्षार्थी सहभागी भएका जनाएकाे छ। यस्तै, २०७४ अगाडि परीक्षा दिएका र फेल भएर पुन: परीक्षा दिनेकाे संख्या ७ हजार ८६१ रहेका र ती मध्ये ४ हजार ८९३ जना उत्तिर्ण भएका बाेर्डले जनाएको छ।

एसएमएसमार्फत नतिजा हेर्न मोबाइलमा लेखेर एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर राख्ने र १६०० मा पठाउनुपर्नेछ।

यस्तै, नेपाल टेलिकमको वेबसाइट मा गएर पनि नतिजा थाहा पाउन सकिने छ।

गएको ३० भदौदेखि ८ असोजसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved