ए डिभिजन लिग फुटबल

आजदेखि तेस्रो चरणको खेलहरू हुँदै

आज पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब भिड्दैछन्। दशरथ रंगशालामा दिउँसो एक बजे यी दुई बीचको खेल हुनेछ।

नेपालभ्युज

आजदेखि तेस्रो चरणको खेलहरू हुँदै

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि तस्रो चरणका खेलहरु हुँदैछन्। रेफ्रीसँगकाे विवाद समाधान भएपछि तेस्राे चरणकाे खेल हुन लागेकाे हाे।

तेस्रो चरणअन्तर्गत आज पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब भिड्दैछन्। दशरथ रंगशालामा दिउँसो एक बजे यी दुई बीचको खेल हुनेछ।

थ्री स्टारले लिगमा दुई खेलबाट ३ अंक जोडेको छ। दोस्रो चरणको खेल सकिँदा फ्रेन्ड्सको खातामा एक अंकमात्रै छ। उ आज पहिलो जितको खोजीमा हुनेछ।

यस्तै, आजै दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ क्लब आमनेसामने हुँदैछन्। दुई बीचको खेल दिउँसो पौने पाँच बजे शुरु हुनेछ।

शुरुवाती दुई खेलमा दुवै गुमाएको एपीएफ पहिलो अंक र जितको खोजीमा रहँदा पहिलोपटक शीर्ष लिग खेलिरहेको सातदोबाटो दोस्रो जितको खोजीमा हुनेछ। सातदोबाटोले लिगमा चार अंक बटुलिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved