निर्मला कुर्मीको न्यायको आन्दोलनमा ऐक्यबद्धताको लागि अपिल

नेपालभ्युज

निर्मला कुर्मीको न्यायको आन्दोलनमा ऐक्यबद्धताको लागि अपिल
बेपत्तापछि हत्या गरिएकी निर्मला कुर्मीका लागि न्याय माग्दै अभियन्ता रुवी र उनका साथीहरूले माइतीघरमा गरिएको धर्ना

काठमाडौं। नेपालगन्जकी निर्मला कुर्मीको न्यायको आन्दोलनमा ऐक्यबद्धताको लागि दबाब दिन भन्दै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। शनिबार दिउँसो कुपन्डोलको एक होटेलमा विचार मन्थन कार्यक्रम आयोजना गरिएको हो।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चल्दै सो कार्यक्रम हुन लागेको हो। गर्दा न्यायको लागि काठमाडौं आउन बाध्य पीडित समूहको आन्दोलनमा महिलावादी, अधिकारकर्मी र सामाजिक न्यायका पक्षधरले साथ दिनु अत्यन्त जरुरी रहेको कार्यक्रम संयोजक बृहत् नागरिक आन्दोलन महिला अधिकार मञ्च बाँकेले जनाएको छ।

निर्मला कुर्मीको न्यायको लागि १४ जनाको समूह असोज १ गते नेपालगन्जबाट पैदल हिँडेर असोज २० गते माइतीघरमा धर्ना बस्न आइपुगेका थिए। १२ दिनको आमरण अनशनपछि बल्ल गृहमन्त्रालयको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन भयो।

त्यसले बुझाएको प्रतिवेदनमा अपराधका घटनाको विस्तृत अनुसन्धान र दोषीलाई यथाशीघ्र कारबाहीमा जोड दिइयो । तर त्यो कार्यान्वयन नभएपछि पीडित समूह फेरि माइतीघर फर्किन बाध्य भएको छ । यसपछि अन्तरक्रिया कार्यक्रम हुन लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved