नायिका रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

उनी लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारीमा छिन्।

नेपालभ्युज

नायिका रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

काठमाडौं। राप्रपा नेपालकी नेता तथा नायिका रेखा थापाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छिन्। बुधबारबाट काठमाडौंमा शुुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी हुन् । उनी लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारीमा छिन्।

काठमाडौँको भृकुटीमण्डपमा भइरहेको राप्रपा नेपालको उद्घाटन कार्यक्रमपछि बुधबार बेलुकाबाट बन्दसत्रको कार्यक्रम हुने तय भएको छ। उम्मेदवारी मनोनयन, दर्ता र निर्वाचनलगायतका कार्यक्रम भने बिहीबार हुनेछ।

राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री समेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन्। महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगन्ज उपमहानगरका मेयर समेत रहेका नेता धवल शमशेर राणा पनि आकांक्षी छन्।

रेखा थापा, अभिनेत्री

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved