सर्वोच्चमा पहिलोपटक गोला तानेर पेशी तोकियो

आज सर्वोच्चमा दुई एकलसहित ११ इजलास गठन भएका छन्। न्यायाधीश मीरा खड्का र कुमार चुडालको एकल इजलास गठन भएको छ भने नौवटा संयुक्त इजलास गठन भएको छ।

नेपालभ्युज

सर्वोच्चमा पहिलोपटक गोला तानेर पेशी तोकियो

काठमाडौं। सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथाबाट पेशी तोक्न शुरु भएको छ। नेपाली न्यायालयको ७० वर्षे इतिहासमा पहिलोपटक आज बुधबार गोला तानेर पेशी तोकिएको हो।

आज सर्वोच्चमा दुई एकलसहित ११ इजलास गठन भएका छन्। न्यायाधीश मीरा खड्का र कुमार चुडालको एकल इजलास गठन भएको छ भने नौवटा संयुक्त इजलास गठन भएको छ।

आज सर्वोच्चमा ११ इजलासमा गरेर २१७ मुद्दा पेशी चढेका छन्। गोलाप्रथा शुरु भएसँगै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका न्यायाधीशहरू इजलासमा फकिने क्रममा छन्।

६ मंसिरमा नेपालको राजपत्रमा गोला प्रणालीबाट पेशी तोक्ने व्यवस्थासहितको सर्वाेच्च अदालत दोस्रो संशोधित नियमावली प्रकाशित भएको थियो।

त्यसपछि ९ मंसिरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेक बसेको फुलकोर्टले १५ मंसिरदेखि संशोधित नियमावलीअनुसार गोला प्रक्रियाबाट पेशी तोक्ने निर्णय गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved