एमालेले मंसिर २५ गते स्थायी र पोलिटब्युरो कमिटी गठन गर्ने

मंसिर २५ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बसेर स्थायी, पोलिटब्युरो कमिटी गठन गर्ने र कार्य विभाजन गर्ने निर्णय पनि बैठकले गरेको छ।

नेपालभ्युज

एमालेले मंसिर २५ गते स्थायी र पोलिटब्युरो कमिटी गठन गर्ने

चितवन। नेकपा (एमाले)को दशौँ महाधिवेशनपछि पहिलो केन्द्रीय कमिटी बैठक बसेको छ। महाधिवेशनपछि मंगलबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकले बैठकले महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ। शपथग्रहण सकिएलगत्तै होटेल सेभेन स्टारको सम्मेलन कक्षमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठक करिब आधा घण्टा चलेको थियो।

महाधिवेशनको विषयमा देशभर कार्यक्रम गरेर जानकारी गराउने पनि निर्णय बैठकको छ। यस्तै मंसिर २५ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बसेर स्थायी, पोलिटब्युरो कमिटी गठन गर्ने र कार्य विभाजन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठक सकिएपछि केही नेता घर फर्किएका छन्। बाँकी बसेका छन्। अध्यक्ष ओलीसहितका शीर्ष नेताहरू बुधबार काठमाडौं फर्कने कार्यक्रम छ। मंसिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved