‘ओमिक्रोन’बारे अध्ययन भइरहेको छ, छिट्टै रिपोर्ट आउँछः डब्ल्यूएचओ

“यो महत्वपूर्ण छ कि मास्क अनिवार्य लगाउनु पर्छ। हात धोइरहनु पर्छ। सामाजिक दूरी कायम गर्नुपर्छ। भेन्टिलेटर बढाउनु पर्छ”, प्रमुख पाण्डवले भने, “धेरैजना एकै ठाउँमा जम्मा भएर बस्नु भएन। खकार र सिँगान जतापायो त्यतै फाल्नु हुँदैन।”

नेपालभ्युज

‘ओमिक्रोन’बारे अध्ययन भइरहेको छ, छिट्टै रिपोर्ट आउँछः डब्ल्यूएचओ

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्ने बारे अध्ययन भइरहेको बताएका छन्।

प्रमुख पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक हो वा होइन भन्ने कुराको अध्ययन भइरहेको बताए। उनले डब्ल्यूएचओले नयाँ भेरियन्टको बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको पनि बताए। उक्त भेरियन्टविरुद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको पनि अध्ययन गरिरहेको बताए।

“डब्ल्यूएचओले अहिले यो भेरियन्टमा कोरोनाविरुद्धको खोप सफल हुन्छ कि हुँदैन भनेर पनि अध्ययन गरिरहेको छ। केही समयभित्रमा सायद अहिलेको भ्याक्सिनले काम गर्छ कि गर्दैन ? भन्ने कुरा पत्ता लाग्नेछ”, प्रमुख पाण्डवले भने, “डेल्टा भेरियन्टमा सफल भएको भ्याक्सिन ‘ओमिक्रोन’ भरियन्टमा कत्तिको सफल हुनेछ यसले रोगबाट कत्तिको बचाउन सफल हुन्छ, त्यसको अध्ययन चलिरहेको छ।”

प्रमुख पाण्डवले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि मास्क अनिवार्य लगाउनु पर्ने, हात मिचिमिचि धुनुपर्ने, सभा सम्मेलनहरु रोक्नुपर्ने बताए। उनले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएको जस्तो गरेर एकै ठाउँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताए।

प्रमुख पाण्डवले अस्पतालहरुले तयारीका साथ रहनुपर्ने, र्‍याल, सिँगान, खकारहरु जथाभावि नफाल्ने र कोरोनाको लक्षण देखिए तत्काल परीक्षण गरेमा कोरोना महामारीलाई नियन्त्रण गर्न सकिने बताए।

“यो महत्वपूर्ण छ कि मास्क अनिवार्य लगाउनु पर्छ। हात धोइरहनु पर्छ। सामाजिक दूरी कायम गर्नुपर्छ। भेन्टिलेटर बढाउनु पर्छ”, प्रमुख पाण्डवले भने, “धेरैजना एकै ठाउँमा जम्मा भएर बस्नु भएन। खकार र सिँगान जतापायो त्यतै फाल्नु हुँदैन।”

प्रमुख पाण्डवले विश्व स्वाथ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताए। उनले कोरोनालाई नियन्त्रण गर्न भ्याक्सिनको मात्रा सबै क्षेत्रमा पुर्‍याउनु पर्ने भन्दै भाइरसबाट बच्न सबै मिलेर स्वास्थ्यका मापदण्ड पूर्ण पालन गर्नुपर्ने बताए।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो। यसबारेमा हालसम्म डब्ल्यूएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। नयाँ भेरियन्टको बारेमा प्राविधिक टोलीले अध्ययन, अनुसन्धान सकेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने डब्ल्यूएचओ नेपालका प्रमुख पाण्डवको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved