भीम रावललाई फकाउँदै नेताहरू

शनिबार र आइतबार विभिन्न चरणमा छलफल गरेका नेताहरुले आज पनि रावललाई मनाउने प्रयास गरिरहेका छन्। शीर्ष नेताहरु अहिले रावलसँग छलफलमा रहेका छन्।

नेपालभ्युज

भीम रावललाई फकाउँदै नेताहरू
फाइल तस्वीर

चितवन। नेकपा एमालेको दशौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्वको चयनको प्रयास अझै रोकिएको छैन।

अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका भीम रावलसँग नेताहरुले छलफल जारी राखेका छन्।

शनिबार र आइतबार विभिन्न चरणमा छलफल गरेका नेताहरुले आज पनि रावललाई मनाउने प्रयास गरिरहेका छन्। शीर्ष नेताहरु अहिले रावलसँग छलफलमा रहेका छन्।

रावललाई मनाउनका लागि ईश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायत नेताहरुले प्रयास गरिरहेका छन्।

महाधिवेशनको बन्दसत्रस्थलमा अहिले पनि उम्मेदवार बनेका नेताहरुको प्रचार र भोट माग्ने काम भइरहेको छ। ओलीले सर्वसहमतिका लागि प्रस्ताव गरेका बाहेक अध्यक्षमा रावलसहित उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीले उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved