उम्मेदवारी प्रक्रिया रोकिएपछि भीम रावल आक्रोशित

नेपालभ्युज

उम्मेदवारी प्रक्रिया रोकिएपछि भीम रावल आक्रोशित
फाइल तस्वीर

काठमाडौं। पार्टीको दशौं महाधिवेशनमा उम्मेद्वारी प्रक्रिया रोकिएपछि उपाध्यक्ष भीम रावलले आक्रोश व्यक्त गरेका छन्। पार्टीको महाधिवेशन १० गतेदेखि शुरु गरेर ११ गते उम्मेद्वारी दर्ता गर्ने र १२ गते मतदान गर्ने पार्टी निणर्य भएको थियो। तर निर्णयअनुसार नभएको भन्दै उनले आपत्ति जनाएका छन्।

उनले टीवट् गर्दै १२ गते (आज) दिनभरसम्म कुनै काम नगरी केही व्यक्तिले अन्तै बसेर पार्टी विधि, पद्धति र निर्णयविपरीत गएर निर्णय गरेको भन्दै आपत्ति व्यक्त गरेका हुन्।

पार्टीको महाधिवेशन शुक्रबार शुरु गरेर आइतबार सक्ने योजना रहेको उल्लेख गर्दै त्यसअनुसार निर्वाचन प्रक्रिया अघि नबढाएकोमा आपत्ति जनाए।

अध्यक्ष ओलीले आफू सर्वसम्मत अध्यक्ष हुने योजनाअनुसार सौराहाकै पार्क सफारी रिसोर्टमा नयाँ पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाइरहँदा रावल आक्रोशित भएका हुन्।

आइतबार दोस्रो दिनको बन्दसत्र अहिलेसम्म शुरु भएको छैन। सौराहाकै होटल सेभेन स्टारमा भइरहेको बन्दसत्र अब राति ७ बजे मात्रै हुने जनाइएको छ।

३२ पृष्ठको चुनावी बुकलेट नै बनाएर चुनावी मैदानमा होमिएका रावलसँग अझैसम्म अध्यक्ष ओलीले सहमतिका लागि छलफल अघि बढाएका छैनन्। यही पृष्ठभूमिमा उनले शुक्रबार र शनिबार उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी आइतबार मतदान गर्ने पार्टी योजना उल्लंघन भएकोमा उनी आक्रोशित भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved