आइसिसी महिला ट्वान्टी–२०: निर्णायक खेलमा नेपाल युएईविरुद्ध खेल्दै

नेपाल, हङकङ र युएईका लागि आजको खेल निर्णायक हुनेछ।

नेपालभ्युज

आइसिसी महिला ट्वान्टी–२०: निर्णायक खेलमा नेपाल युएईविरुद्ध खेल्दै

काठमाडौं। आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले आज युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध खेल्दै छ। नेपाल, हङकङ र युएईका लागि आजको खेल निर्णायक हुनेछ।
६ टोली सहभागी प्रतियोगितामा शीर्ष एक टोलीले मात्र ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ।

एक खेलमा पराजित नेपाल र हङकङ समान ६ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। आज शीर्ष दुई टोली युएई र नेपालले प्रतिस्पर्धा गर्दा हङकङले सबभन्दा कमजोर टोली कुवेतविरुद्ध खेल्नेछ।

युएईले जित्यो भने सिधै ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ। तर, यूएईलाई नेपालले पराजित गरेको खण्डमा हङकङको सम्भावना पनि उत्तिकै हुन्छ। हङकङले कुवेतलाई पराजित गरेमा तीन टोलीको समान आठ अंक हुन्छ।
प्रतियोगितामा युएई एक मात्र अपराजित टोली हो।

नेपाल भने पहिलो खेलमै हङकङसँग अप्रत्याशित रुपमा पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई ८ विकेटले, तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको नेपालले चौथो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved