डब्लुएचओले कोरोना नयाँ भेरियन्टको नाम राख्यो ‘ओमिक्रोन’

नेपालभ्युज

डब्लुएचओले कोरोना नयाँ भेरियन्टको नाम राख्यो ‘ओमिक्रोन’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्टको नामकरण गरेको छ। हाल दक्षिण अफ्रिकालगायत देशमा देखिएको कोरोनाको नयाँ भाइरसलाई डब्लुएचओले ‘भ्यारिएन्ट अफ कन्सर्न’ भन्दै ‘ओमिक्रोन’ नाम दिएको छ।

डब्ल्यूएचओले चेतावनी दिँदै धेरै छिटो र ठूलो संख्यामा यसको फैलावट बढिरहेको बताएको छ। प्रारम्भिक प्रमाणका आधारमा यसको फैलावटले संक्रमणको जोखिम धेरैसम्म बढाएको भन्दै डब्ल्यूएचओले चिन्तासमेत व्यक्त गरेको छ।

यस्तोमा भारतले भने दक्षिण अफ्रिकाबाट फर्केका प्रत्येक व्यक्तिलाई मुम्बई आइपुगेपछि क्वारेन्टाइनमा राख्ने भएको छ। साथै उनीहरूको स्वाब परीक्षण पनि गरिने त्यहाँको सरकारले तयारी गरेको छ।

यो नयाँ भेरियन्ट कति संक्रामक छ, भ्याक्सिन भए पनि कति छिटो फैलिन सक्छ र यसका लागि के गर्नुपर्छ भन्नेबारे प्रश्न उठन् थालेका छन्। अहिले यसबारे धेरै अड्कलबाजी भइरहेका छन् तर केही प्रश्नको मात्रै जवाफ दिइएको बीबीसीले जनाएको छ।

दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्रोफेसर टुलियो डे ओलिभेरा भन्छन्, “यसमा धेरै उत्परिवर्तनहरू छन्। यो म्युटेसनहरूको असामान्य समूह हो र अन्य भेरियन्टहरू भन्दा धेरै फरक हो।” उनले यो भेरियन्टले अचम्मित तुल्याएको र सोचेभन्दा छिटो गतिमा यसको फैलावट बढिरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved