मलेसियामाथि नेपालको सहज जित

नेपालभ्युज

मलेसियामाथि नेपालको सहज जित

काठमाडौं। आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोट खेलमा मलेसियामाथि नेपालले सहज जित निकालेको छ। टस जितेर पहिले बलिङ गरेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्‍यो।

यूएईमा जारी प्रतियोगिताको आफ्नो चौथो खेलमा यो तेस्रो जितपछि नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ।

शुक्रबार दुवईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया नेपालको कसिलो बलिङसामु २० ओभरमा सात विकेटको क्षतिमा ९२ रनमा रोकियो। जसका लागि इल्सा हन्तरले सर्वाधिक अविजित ३९ रनको योगदान दिइन्। खेलमा मलेसियाले १६ रन अतिरिक्त रूपमै पाएको थियो।

बलिङतर्फ नेपालकी कविता कुँवर र क्याप्टेन रुविना क्षेत्री दुवैले ४/४ ओभरमा मात्र नौ/नौ रन दिएर एक/एक विकेट लिएका थिए।

जवाफी ब्याटिङमा नेपाललेअन्तिम १० बल खेल्नु अगाडि चार विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्‍यो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३१ र सीता राणा मगरले ३० रन जोडिन्।

समुह चरणको चार खेलमा यो तेस्रो जितपछि ६ अंकसहित नेपाल पहिलो स्थानमा छ।

यो प्रतियोगितामा रहेका ६ टिम मध्येबाट राउण्ड रोबिन लिगका आधारमा खेलाइने खेलमा तालिकाको शीर्षस्थानमा रहने एक टिमले मात्र विश्वकपको ‘ग्लोबल’ छनोट प्रतियोगिता खेल्न पाउनेछ। त्यसैले नेपालले ‘ग्लोबल’ छनोटमा पुग्न आफ्नो आइतबार हुने अन्तिम खेलमा अपराजित रहेको यूएईलाई हराउनुपर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved