कांग्रेस झापाको मतदान हुँदै

नेपालभ्युज

कांग्रेस झापाको मतदान हुँदै

झापा। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार झापा जिल्ला समितिको निर्वाचन भइरहेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको समर्थन पाएका राम कट्टेल र महामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थन पाएका देवमान थेबे चुनावमा आ(आफ्नो प्यानल सहित मैदानमा उत्रिएका छन्।

कुल ३३८९ मतदाता रहेको निर्वाचनमा मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकृत सुबोधबाबु सिलवालले जानकारी दिए।

मतदाताहरूले १० वटा केन्द्रबाट मतदान गरी आफ्ना उम्मेदवार चयन गर्दै छन्। निर्वाचन अपराह्न ३ बजे सकिने अधिकृत सिलवालले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved