४२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन आज

नेपालभ्युज

४२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन आज

काठमाडौं। कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा शुक्रबार जिल्ला अधिवेशन गर्दैछ। भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ।

बिहीबारसम्म एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३४ जिल्लाहरूमा जिल्ला अधिवेशन सकिएको छ। रसुवाको अधिवेशन पनि शुक्रबार नै तोकिएको निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठले बताए। सर्लाहीमा भने वडा र पालिका अधिवेशन भइरहेको छ। अधिवेशन सम्पन्न भएका ३४ जिल्लामध्ये १८ जिल्लामा समापति शेरबहादुर देउवा समूहका सभापति निर्वाचित भएका छन्।

१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ सय २२ क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। कांग्रेसको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट बढीमा २७ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुन्छन्। प्रदेश अधिवेशन मंसिर १६ र १७ गते प्रदेश राजधानीहरूमा हुनेछ छ। कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४–२६ गतेसम्म काठमाडौँमा तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved