एमाले महाधिवेशन उद्घाटनमा तीन ठाउँबाट मुख्य र्‍याली

नेपालभ्युज

एमाले महाधिवेशन उद्घाटनमा तीन ठाउँबाट मुख्य र्‍याली

चितवन। नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको शुक्रबार हुने उद्घाटनमा मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ । मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटनमा भरतपुरका सात ठाउँमा नेता कार्यकर्ता भेला हुनेछन्। तीन ठूलाका तुलनामा अरू साना र्‍याली हुनेछन्।

उद्घाटन समारोहमा पाँच लाखलाई सहभागी गराउने दाबी गर्दै आइएको महाधिवेशनमा पूर्वी क्षेत्रका लागि भरतपुरको केन्द्रीय बसपार्कबाट र्‍याली निस्कने छ । उता पश्चिम क्षेत्रका लागि नवलपुर गैँडाकोटमा भेला हुनेछ। त्यसै गरी मुस्लिन तर्फबाट आउनेहरूका लागि आँपटारीमा भेला भएर र्‍याली अघि बढ्नेछ ।

यस्तै भरतपुरका अन्य मुख्य चोकहरूबाट पनि र्‍याली निस्कने छ। ती बसपार्कबाट आउने र्‍याली मिसिँदै अगाडि बढ्ने एमालेले जनाएको छ । उद्घाटन समारोहमा पाँच लाखलाई सहभागी गराउने दाबी छ।
महाधिवेशन उद्घाटनका लागि नारायणी नदीको किनारलाई आमसभा स्थल तय गरेर भव्य मञ्च निर्माण गरेको छ । आमसभा स्थलमा सबै नअटाउने भएका कारण बाहिर बसेर पनि भाषण सुन्नका लागि ठाउँ ठाउँमा डिजिटल डिस्प्ले बोर्डहरू राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved