विश्वभर साँढे ५ लाख संक्रमित थप, ६ हजारको मृत्यु

नेपालभ्युज

काठमाडौँ। विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ६८५ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ७२ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ४०२ जना संक्रमितको मृत्यु भएको छ ।

बेलायतका ४७ हजार २४०, रुसमा ३३ हजार ७९६, फ्रान्समा ३३ हजार ४६४, टर्कीमा २४ हजार ४६४, अमेरिकामा १५ हजार ७२३ र ब्राजिलमा १२ हजार १९१ जना संक्रमित थपिएका हुन् ।

निको हुनेमा बेलायतमा ४० हजार ७७७, रुसमा ३८ हजार ४५०, टर्कीमा २९ हजार ६३९, ब्राजिलमा १० हजार ४९६ र अमेरिकामा ४ हजार ९० जना छन् । मृत्यु हुनेमा रुसमा एक हजार २३८, ब्राजिलमा २८१, अमेरिकामा २७५, टर्कीमा २२२ र बेलायतमा १४७ जना छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved