ओखलढुङ्गामा रामहरि र रुद्र सर्वाधिक क्षेत्रीय प्रतिनिधिको रोजाइमा

नेपालभ्युज

ओखलढुङ्गा। नेपाली कांग्रेसका सर्वाधिक क्षेत्रीय प्रतिनिधिको रोजाइमा नेताहरु रामहरि खतिवडा र रुद्र अधिकारी परेका छन्। १४ औँ जिल्ला अधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरूले संघीय महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी मत खतिवडा र अधिकारीलाई दिएका हुन्।

खुलातर्फका २२ जना उम्मेदवार मध्ये संविधानसभा सदस्य तथा पूर्व सांसद रामहरि खतिवडाले सबैभन्दा धेरै ९४८ मत ल्याएका छन्। भने अर्का युवा नेता तथा सुनकोशी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले ७८० मत ल्याएका छन्।

खुला महाधिवेशन प्रतिनिधिमा अशोक कार्की, कुमार लुइँटेल, खिला दाहाल, दानबहादुर बानिया, प्रकाश दाहाल, प्रदीप सुनुवार, लिलाबल्दब दाहाल काका र बेदबहादुर रोका निर्वाचित भएका छन्। खुला महिला तर्फ गोमा केसी, सविता राई र बाला अधिकारी निर्वाचित भएका छन्।

खुला महिला तर्फका ८ जना उम्मेदवार मध्ये गोमा केसीले सबैभन्दा बढी ७७८ मत ल्याएकी छन्। खस आर्यमा सुनिता अधिकारी लगायत विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved