काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिना बसेको न्यायाधीशहरूको फुल कोर्टले सर्वोच्च अदालतमा १५ मंसीरदेखि गोलाप्रथाद्वारा पेशी तोक्ने प्रणाली पारित गरेको छ।
आजको फुलकोर्ट बैठकबाट ‘गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका’ लागु भएको न्यायाधीशहरूले बताएका छन्।
आज तय भएको फुलकोर्ट बैठकअघि न्यायाधीश र नेपाल बार एशोसिएशन तथा सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरू छलफलमा जुटेका थिए। दिउँसो २ बजे फुलकोर्ट बैठक बोलाइएको थियो। त्यसअघि न्यायाधीश र बारका वकिलहरू छलफलमा जुटेका थिए।
सर्वोच्च अदालत दोश्रो संधोधित नियमावली १५ मंसीरबाट लागू हुनेगरी पूर्ण बैठकबाट निर्णय भएको जनाइएको छ।
Facebook Comment
Comment