कैलालीमा महिलाको मृत्यु भएपछि ट्रकमा आगजनी, राजमार्ग अवरुद्ध

नेपालभ्युज

कैलालीमा महिलाको मृत्यु भएपछि ट्रकमा आगजनी, राजमार्ग अवरुद्ध

कैलाली। कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्। स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दर्जन बढी सेल अश्रुग्यास प्रहार गरेको छ।

अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ भने मृतकको सनाखत भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved