जनगणनामा छुटेकालाई नजिकको कार्यालयमा सम्पर्क गर्न आग्रह

नेपालभ्युज

जनगणनामा छुटेकालाई नजिकको कार्यालयमा सम्पर्क गर्न आग्रह

काठमाडौँ। जनगणनामा कसैको नाम विवरण छुटेमा नजिकको जनगणना कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न केन्द्रीय तथ्यांक विभागले आग्रह गरेको छ।

जारी १२औँ राष्ट्रिय जनगणनाको अन्तिम दिन बिहीबार (मंसिर ९ गते) सकिनै लाग्दा विभागले कसैलाई नछुट्न आह्वान गरेको हो। कोही छुटेमा नजिकको जनगणना कार्यालय, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

यस्तै अनलाइन पहुँच भएकाले आयोगको वेबसाइटमा गुनासो फाराम भरेर जनगणना गराउन सकिने उनले जनाए। कात्तिक २५ गतेबाट सुरु भएको जनगणनामा करिब ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक कर्मचारी खटिएका छन्। विभागका अनुसार देशभर ७० लाख घरपरिवार र ३ करोडभन्दा बढी जनसंख्या छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved