भारतीय टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

नेपालभ्युज

भारतीय टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो
सांकेतिक तस्वीर

सर्लाही । जिल्लाको बागमतीमा मंगलबार साँझ टाटासुमो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

बागमती नगरपालिका-१० केराबारीमा कर्मैयाबाट बरहथवातर्फ गइरहेको भारतीय नम्बर प्लेट बीआर ०५ पीए ७१९९ नम्बरको टाटासुमोले ज१२प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार हरिवन नगरपालिका-७ का २५ वर्षका देव मोक्तान र सोही ठाउँका २३ वर्षीय मिलन ब्लोनको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै देव मोक्तानलाई हरिवनको नमूना अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए भने मिलन ब्लोनलाई थप उपचारका लागि गण्डक हेल्थ केयर वीरगञ्ज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

ठक्कर दिने टाटासुमोका चालक र मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved