एमाले महाधिवेशन

केन्द्रकै झल्को चितवनमा, विचारमाशून्य नेताप्रति बढी आशा

नेतृत्वको नजिक रहेर स्थापति हुने मात्र चिन्ता

जसरी केन्द्रमा नेतृत्वलाई हाँक दिन सक्ने नेताको कमी देखिन्छ चितवनको अवस्था पनि त्यस्तै छ। वैचारिक र नीतिगत हिसाबमा नेतृत्वलाई चुनौती दिनसक्ने अवस्था चिवतमा नदेखिएको भन्दै स्थानीय बुद्धिजीवी निराश छन्।

केन्द्रकै झल्को चितवनमा, विचारमाशून्य नेताप्रति बढी आशा

चितवन । नेकपा (एमाले) को १० औं महाधिवेशनको तयारीमा लागेको चितवनमा पार्टीको केन्द्रीय कार्यालयभन्दा फरक दृश्य छैन।

महाधिवेशनको नजिक रहेको पार्टीमा नेतृत्वको नजिक रहेर आफू कसरी स्थापित हुन सकिन्छ भन्ने चिन्ताबाहेक अरू केही नदेखिँदै गर्दा चितवनको दृश्य पनि ठीक त्यस्तै छ। केन्द्रीय कार्यालयमा पार्टीका शीर्ष नेता देखिन्छन् भने चितवनमा स्थानीय स्तरका नेता।

जसरी केन्द्रमा नेतृत्वलाई हाँक दिन सक्ने नेताको कमी देखिन्छ चितवनको अवस्था पनि त्यस्तै छ। वैचारिक र नीतिगत हिसाबमा नेतृत्वलाई चुनौती दिनसक्ने अवस्था चिवतमा नदेखिएको भन्दै स्थानीय बुद्धिजीवी निराश छन्।

देशकै ठूलो कम्युनिष्ट पार्टी यसरी विचारशून्य भएको देख्दा अचम्म  र चिन्तित पनि बनाउने उनीहरू बताउँछन्।

“देशकै ठूलो कम्युनिष्ट पार्टीको आन्दोलन नारायणीको तिरमा आउँदैछ।” पार्टीको १० औँ महाधिवेशनको उद्घाटन नारायणी तिरमा आयोजना हुने सन्दर्भलाई जोडर वाम विश्लेषक प्रेम रिमालले भने। जसरी पार्टीको महाधिवेशन नारायणी किनारमा हुँदै गर्दा त्यसले पार्टीभित्रको वैचारिक शून्यतालाई प्रतिबिम्बित गरेको उनको ठम्याइ छ।

केन्द्रले स्थापित गरेको भाष्यलाई नै स्थानीय नेता कार्यकताले पनि अवलम्बन गरेको उनी बताउँछन्। शक्तिलाई केन्द्रबाट परिधिमा ल्याउन कम्युनिष्ट आन्दोलन भएको थियो। तर, चितवनमा रहेका पार्टीका स्थानीय नेता कार्यकता केन्द्रले जस्तो राजनीतिक भाषा स्थापित गर्ने प्रयास गर्दैछन् त्यसलाई नै अनुशरण गरेको पाइन्छ।

‘दुनियाँलाई दंग पार्ने स्टेज बनाउने छौँ, स्टेजमा बसेका नेताले तल बसेका मान्छेलाई देख्ने र तल बसेका मान्छेले नेतालाई देख्ने स्टेज बनाउने हो,’ यस्ता कुरा गर्नुबाहेक पार्टीको आगामी नीतिका विषयमा छलफल गर्न कसैलाई चासो छैन।

वाम विश्लेषक रिमाल कम्युनिष्ट आन्दोलनले आलोचनात्मक चेत गुमाएको बताउँछन्। महाधिवेशनको समयमा पार्टीमा जुन प्रकारको वैचारिक बहस हुनुपर्ने थियो त्यो अभाव रहेको उनको तर्क छ।

“महाधिवेशन पार्टीको नीति र कार्यक्रम के हो, राजनीतिक दलको उद्देश्य के हो भन्नेमा केन्द्रित हुनुपर्ने थियो”, विश्लेषक रिमाल भन्छन्, “महाधिवेशनको मूल काम भनेको राजनीतिक कार्यक्रम पारित गर्नु र नेतृत्व चयन गर्नु हो।”

‘दुनियाँलाई दंग पार्ने स्टेज बनाउने छौँ, स्टेजमा बसेका नेताले तल बसेका मान्छेलाई देख्ने र तल बसेका मान्छेले नेतालाई देख्ने स्टेज बनाउने हो,’ यस्ता कुरा गर्नुबाहेक पार्टीको आगामी नीतिका विषयमा छलफल गर्न कसैलाई चासो छैन।

विधान महाधिवेशन भनेको राजनीतिक दस्तावेज पारित हुने स्थान होइन, विधानकेन्द्रित कार्यक्रम हो। संगठनको संरचना कस्तो हुन्छ, स्थायी कमिटी कुन आकारको हुन्छ, केन्द्रीय समिति कस्तो हुन्छ, जिल्ला कमिटीलगायतका विषय विधानले गर्ने हो। पार्टीको आगामी दिशा तय पार्टीको महाधिवेशनले गर्ने भए पनि त्यस विषयमा पार्टी नगएको रिमाल बताउँछन्।

चितवन क्षेत्र नंम्बर  २ का सांसद् एवं एमाले केन्द्रीय नेता कृष्णभक्त पोखरेल भने रिमालको तर्कसँग सहमत छैनन्। केन्द्रले स्थापित गरेको भाष्यलाई नै जिल्लाले अनुशरण गरेको विषयमा उनको फरक मत छ।

भन्छन्, “पार्टी भनेको तलदेखि माथिसम्म एक हुने संगठन हो, त्यसैले पार्टीमा केन्द्रले बोल्ने भाषा र जिल्लाले बोल्ने भाषा एउटै हुन्छ।” संगठनको माथिल्लो तप्कामा बस्ने व्यक्तिहरू तल्लो तहमा बस्नेप्रति उत्तरदायी हुनुपर्छ नेता पोखरेल बताउँछन्। उनी भन्छन्, “तल्लो तहका व्यक्तिहरूले माथिल्लो तहका नेताले गरेको निर्णयलाई स्वीकार गर्नु नै संगठनको आधार हो।”

नेतृत्व र नीतिका विषयमा छलफल नहुने महाधिवेशनलाई मेलाभन्दा अरू केही बताउन नसकिने विश्लेषक रिमाल बताउँछन्। “यस पटक चितवनमा दुई पटक माघेसंक्रान्ति मेला लाग्ने भयो, माघमा लाग्ने नै छ मंसीरमा पनि लाग्यो।”

रिमाल भन्छन्, “सक्रान्ति मेलामा जोगी आउँथे, महाधिवेशनमा जोगीका इष्टमित्र आउँदैछन्। राम स्थापित गर्छु भनेर हिँड्ने व्यक्ति कम्युनिष्टको आधारभूत चरित्रमा कतै मेल नखाने उनी बताउँछन्।

प्रधानमन्त्रीमा रहँदा एमाले अध्यक्ष केपी ओलीले चितवनको क्षेत्र नंम्बर ३ मा पर्ने माडी अयोध्यामा राम मन्दिर निर्माण गर्न निर्देशन दिएका थिए। राम जन्मभूमि भारतको अयोध्यामा नभई चितवनको माडीमा रहेको बताउँदै ओलीले यस्तो निर्देशन दिएका हुन्।

कात्तिक तेस्रो हप्ता चितवन भ्रमणमा आउँदा एमाले अध्यक्ष ओली उक्त मन्दिरको दर्शनका लागिसमेत पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved