बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

मृत्यु हुनेमा अधिकांश टर्कीबाट उत्तरी मेसेडोनिया फर्किरहेका पर्यटक रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन्।

नेपालभ्युज

बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

एजेन्सी। पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनामा १२ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भएको छ।

सरकारी समाचार एजेन्सी बीटीएका अनुसार उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको छ।

मृत्यु हुनेमा अधिकांश टर्कीबाट उत्तरी मेसेडोनिया फर्किरहेका पर्यटक रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन्।

सोफियाबाट करीब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समयअनुसार दिउँसो दुई बजे सो दुर्घटना भएको हो।

दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved