ए डिभिजन लिग

बराबरीमा रोकिए आर्मी र पुलिस

लिगअन्तर्गत आज भएको पहिलो खेलमा आर्मी र पुलिसले एक एक गोलको बराबी खेलेका हुन्।

नेपालभ्युज

बराबरीमा रोकिए आर्मी र पुलिस

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन्।

लिगअन्तर्गत आज भएको पहिलो खेलमा आर्मी र पुलिसले एक एक गोलको बराबी खेलेका हुन्।

दशरथ रंगशालामा आर्मी र पुलिस पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए। दोस्रो हाफको ५१ औँ मिनेटमा पुलिसका सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई अग्रता दिलाए।

तर, खेलको ६१ औँ मिनेटमा आर्मीका विवेक बस्नेतले गोल गर्दै टोलीलाई खेलमा फर्काए। त्यसपछि खेलमा गोल हुन नसक्दा आर्मी र पुलिसले अंक बाँडे।

अहिले दाेस्राे खेलमा साविक विजेता मच्छिन्द्र र न्यूराेड टिम एनआरटीबीच प्रतिस्पर्धा भइरहेकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved