१७ दिनमा सूर्यवंशीले कमायो २६६ करोड भारु

नेपालभ्युज

१७ दिनमा सूर्यवंशीले कमायो २६६ करोड भारु

एजेन्सी। अक्षय कुमार र कट्रिना कैफ अभिनित चलचित्र सूर्यवंशीको कमाइ २५० करोड भारतीय रुपैयाँभन्दा उकालो लागेको छ। प्रदर्शनमा आएको १७ औँ दिनसम्म फिल्मले २६६ करोड भारतीय (४२५ करोड नेपाली) रुपैयाँ कमाएको हो।

रिलिज भएको दुई साता पूरा भए पनि फिल्मले अझैं दर्शकलाई फिल्म हलसम्म तानिरहेकै छ। फिल्मले बक्स अफिस कलेक्सनमा पनि दर्शकबाट राम्रो माया पाइरहेको छ। ५ नोभेम्बरमा रिलिज भएको यो फिल्ले पहिलो दिनमै राम्रो व्यापार गरेको थियो।

लामो समयपछि खुलेको फिल्म हल खुलेकोमा फिल्मले दर्शक कत्तिको तान्छ भन्नेमा निर्माताहरू अन्योल रहेको समयमा सूर्यवंशीले राम्रो कमाइ गरेको हो। यससँगै अन्य फिल्म निर्माताहरू पनि चलचित्र प्रदर्शनका लागि तयार भई धमाधम रिलिजिङ डेट सार्वजनिक गर्न थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved