चिनियाँ कम्युनिष्ट पार्टीको बैठकमा नेपालका नेता

प्रचण्डदेखि विप्लवसम्म सहभागी

नेपालभ्युज

चिनियाँ कम्युनिष्ट पार्टीको बैठकमा नेपालका नेता

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न छैटौँ विस्तारित बैठकका विषयमा दक्षिण एशियाली देशका कम्युनिष्ट पार्टीसँग चिनियाँ विदेश विभागले अन्तर्क्रिया गर्दै छ।

सोमबार (आज) भर्चुअल रुपमा हुने अन्तर्क्रियामा चिनियाँ विदेश विभागका प्रमुख सङ ताओले चिनियाँ कम्युनिष्ट पार्टीको छैटौँ विस्तारित बैठकका विषयमा जानकारी दिनेछन्। कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीका नेताहरू पनि सहभागी हुने कार्यक्रम छ।

चिनियाँ कम्युनिष्ट पार्टीको छैटौँँ विस्तारित बैठक ८ कात्तिकदेखि ११ कात्तिकसम्म सञ्चालन भएको थियो। बैठकले छैटौँ पूर्ण बैठकले चिनियाँ समाजको नैतिक धरालत सुधारमा छलफल गर्दै सांस्कृति पुनः संरचनाका कार्यक्रम तयार गर्ने निर्णय गरेको थियो।

यस्तै बैठकले चिनियाँ समाजलाई समाजवादी बाटोमा बढाउनका लागि केही मार्ग निर्देशन गर्ने नीति पारित समेत गरेको थियो। सोही विषयमा राखिएको अन्तर्क्रियामा नेकपा एकालेका शीर्ष नेतृत्व छलफल कार्यक्रममा सहभागी हुँदैछन् भने, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उपराष्ट्रपति नन्दबहादनुर पुन पनि भर्चुुअल कार्यक्रममा सहभागी हुँदैछन्।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा मालेका महासचिव सिपी मैनाली तथा नेकपा कम्युनिष्ट पार्टीका नेता नेत्रबहादुर चन्द ‘विप्लव’ लगायत नेता पनि सहभागी हुँदैछन्।

यस्तै भारतीय कम्युनिष्ट पार्टीका महाचसचिव सीताराम यचुरी, बंगलादेशका कम्युनिष्ट पार्टीका नेतालगायत दक्षिण एशियाका अन्य कम्युनिष्ट पार्टीका नेताहरू अन्तर्क्रियामा सहभागी हुँदैछन्।

ताओ यसअघि ६–७ असोज २०७६ मा काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए। चिनियाँ राष्टपति सी चिनफिङको नेपाल भ्रमणअघि चिनियाँ विदेश विभाग र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कूल विभागले संयुक्त रूपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका थिए।

नेपाल भ्रमणका क्रममा चिनियाँ विदेश विभाग र नेकपाको विदेश विभागबीच पार्टीगत सम्बन्धलाई सुदृढ बनाउने भन्दै ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved