नेपाली महिला क्रिकेट टोलीले हङकङको सामना गर्दै

नेपालभ्युज

नेपाली महिला क्रिकेट टोलीले हङकङको सामना गर्दै
फाइल तस्वीर
काठमाडौँ। नेपाली महिला क्रिकेट टोलीले सोमबार हङकङको सामना गर्दैछ। आईसीसी महिला टी २० विश्वकपको एसिया क्षेत्रको क्वालिफायर्समा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्ड २ मा बिहान सवा ११ बजे खेल सुरु हुनेछ। नेपाली टोलीले क्वालिफायर्सका लागि कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा १५ दिन अभ्यास गरेको थियो। लगत्तै बंगलादेशमा अभ्यास खेलहरू खेलको थियो। त्यस्तै कतारसँगको तीन खेलको सिरिज क्लिन स्वीप गरेको नेपालले विश्वकप छनोट पार गर्ने लक्ष्य राखेको छ।
नेपाली टिममा रुबिना क्षेत्री बेलबासे (कप्तान), डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरा बेगम, कविता जोशी र सङ्गीता राई छन् ।

विश्वकप क्वालिफायर्समा नेपालको खेल

२२ नोभेम्बरः नेपाल भर्सेस हङकङ
२३ नोभेम्बरः नेपाल भर्सेस भुटान
२५ नोभेम्बरः नेपाल भर्सेस कुवेत
२६ नोभेम्बरः नेपाल भर्सेस मलेसिया
२८ नोभेम्बरः नेपाल भर्सेस युएई

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved